15.1 C
Kathmandu

ब्रेकिङ समाचारकतारबाट सुन लिएर आएका दुई जना युवा काठमाडौँको मित्रपार्कमा लुटिए

कतारबाट सुन लिएर आएका दुई जना युवा काठमाडौँको मित्रपार्कमा लुटिए

५ असार २०७८

काठमाठौ । कतारबाट सुन लिएर आएका दुई जना युवा काठमाडौँको मित्रपार्कमा लुटिएका छन् । कतारको दोहाबाट हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका झापाका मातृका चौलागाई र नवलपरासी घर भएका विजय पुलामी मगरलाई तीन जनाको समूहले लुटेका हुन् ।

सोमबार साँझ ९ बजेर १० मिनेटमा उनीहरू सवार ट्याक्सीलाई पछ्याएर तीन जनाको समूहले सुन लुटेर भागेको पीडितको भनाई छ । केटिएम ड्यूक मोटरसाइकलमा आएका तीन जनाले विदेशबाट ल्याएको १ सय ग्राम तौल बराबरको दुई ओटा बाला लुटेर भागेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
चौलागाईं र पुलामी चढेको बा.१ ज ३५९० नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले नियन्त्रणमा लिएको छ । मित्रपार्कमा ट्याक्सीबाट ओर्लने क्रममा उनीहरू लुटिएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्