19.1 C
Kathmandu

ब्रेकिङ समाचारओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेका २३ जना नेतालाई गद्दारी गरेको आरोप...

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेका २३ जना नेतालाई गद्दारी गरेको आरोप लगाए

३० असार २०७८

काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित २३ जनाले गद्दारी गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत २३ नेताको नाम सार्वजनिक गर्दै थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बैशाखी बन्ने र बधाई दिन आतुर नेता नेपालको लागि यो हर्षविभोरको क्षण भएको बताएका हुन् ।

त्यस्तै उनले जनादेश विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्ति ुहलो ताछेर मुङ्ग्रोु बनाए जस्तै भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला । जनादेशविपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति हलो ताछी मुङ्ग्रो बनाए जस्तै हो। यीनै २३ जनाको गद्दारीको परिणाम त हो । उन्ले भनेका छन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्