17.1 C
Kathmandu

खेलकुदइतिहासको पहिलो पटक म्यान्चेस्टर सिटि च्याम्पियन लिगको फाइनलमा

इतिहासको पहिलो पटक म्यान्चेस्टर सिटि च्याम्पियन लिगको फाइनलमा

२२ बैशाख २०७८/अर्जुन लामा

भक्तपुर । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ र पहिलो लिगमा २-१ ले पराजित भएको थियोे भने गएराती भएको सेमिफाइनलको दोस्रो लेगमा पिएसजी लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जितसँगै सिटी पहिलो पटक फाइनल पुगेको हो ।

सिटीको जितमा दुवै गोल रियाद माहरेजले गरेका थिए । पहिलो हाफको १२ औं र दोस्रो हाफको ६२ औं मिनेट गोल गरेका थिए । खेलको दोस्रो हाफमा पिएसजीका एन्जल डी मारियाले रातो कार्ड प्राप्त गरेपछि सिटीको जितमा थप सहज बनेको थियो ।

गएराति घरेलु मैदान सिटीले १२ औं मिनेटमा माहरेजको गोलमा अग्रता लिएको थियो । गोलरक्षक एडरसनको लामो प्रहारसँगै सुरु भएको आक्रमणलाई माहरेजले फिनिस गरेका थिए । त्यसअघि केभिन डे ब्रुएनको प्रहार फर्केपछि आएको बललाई माहरेजले प्रहार गरेका थिए ।

खेलको आठौं मिनेटमा नै रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएपनि भीएआरमा हेर्दा उक्त बल ओलेक्जान्दर जिन्चेन्कोको हातमा नभएर काँधमा लागेको पाइएको थियो । तर त्यसको केहीबेरमा नै पिएसजी १ गोलले पछि पर्यो । १८ औं मिनेटमा पिएसजी कप्तान मार्किन्हसको हेडर क्रसबारमा लाग्दा सिटीको अग्रता कायम नै रहयो ।

म्यानचेस्टर सिटी इतिहासको पहिलो पटक च्याम्पियन्स लिग फाइनल प्रवेश गरेको हो । क्लबले ५१ वर्षमा पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनल खेल्नेछ । प्रशिक्षक पेप गुआर्डीओला १० वर्षपछि च्याम्पियन्स लिगको उपाधि जित्ने संघारमा पुगेका छन् ।

६९ औं मिनेटमा डी मारियाले रातो कार्ड खाएपछि पोचेटिनोमाथि दबाब थपिएको थियो । डी मारियाले मैदानबाहिर बल गएको अवस्थामा फर्नान्डीन्होलाई जानाजान खुट्टाले हानेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । ७५ औं मिनेटमा माहरेजको प्रहार मार्किन्हसले रोकेपछि अल्जेरियन विंगर ह्याट्रिकबाट चुके । त्यसको तीन मिनेटपछि नै फोडेनको प्रहार पोस्टमा लाग्दै बाहिरिएका थिए ।

म्यान्चेस्टर सिटीले अब फाइनलमा चेल्सी र रियल म्याड्रिडको बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्