30.1 C
Kathmandu

ब्रेकिङ समाचारJigme Mediaलाई युट्युबले पठायो सिल्भर अवार्ड, अवार्ड संगै 'ङा ब्रेजी' एकै साथ...

Jigme Mediaलाई युट्युबले पठायो सिल्भर अवार्ड, अवार्ड संगै ‘ङा ब्रेजी’ एकै साथ सार्वजनिक

१९ पौष २०७७/छेडुप तामाङ
काठमाडौ
– तामाङ गितसंगितको साझा चौतारीको रुपमा रहेको Jigme Media (जिग्मे मिडिया)ले १ लाख भन्दा बढी सब्स्क्राइबर पाएको छ ।

युट्युबमा १ लाख सब्स्क्राइबर पाए पश्चात गुगल कम्पनिले Jigme Media (जिग्मे मिडिया)लाई सिल्भर बटम अवार्ड पठाएको हो । शनिबार काठमाडौ स्थित पेप्सिकोलामा एक बिशेष कार्यक्रमका बिच हर्क दोङ तामाङको ‘ङा ब्रेजी’ बोलको तामाङ गित सार्वजनिक गरे संगै Jigme Media (जिग्मे मिडिया)ले उक्त सिल्भर बटम अवार्डलाई अनबक्सिङ गरिएको हो ।

‘ङा ब्रेजी’ बोलको तामाङ गित सार्वजनिक तथा अवार्ड अन्बक्सिङ कार्यक्रमको अध्यक्षता Jigme Media (जिग्मे मिडिया)का सञ्चालक सुर्य लामाले गरेका थिए भने प्रमख अतिथि अन्र्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामा रहेका थिए । कार्यक्रमका विषेश अतिथिहरुमा इन्डिजिनियस टेलिभिजनका प्रबन्ध निर्देशक जगत दोङ, तामाङकलाकार संघका अध्यक्ष सञ्जिब वाईबा, तामाङ चलचित्र संघका उपाध्यक्ष एवम नायक कुमार मोक्तान रहेका थिए भने अतिथिहरुमा अन्र्तराष्ट्रिय तामाङ परिषदका सचिव रबिन थिङ, सामाजिक अभियान्त एंव सञ्चारकर्मी मायालु न्यासुर, काभ्रे निर्माण व्यवसायी संघका सचिव अमित मोक्तान रहेका थिए । साथमा तामाङ समुदायका कलाकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।

अवार्ड अनबक्सिङ कार्यक्रम संगै सार्वजनिक गरिएको उक्त गितको शब्द रचनाकार क्लेभर सिं दोङ रहेको छ भने गितमा हर्क दोङ तामाङको सुमधुर आवाज रहेको छ । जोग्लाल लामाको संगितमा बनेको उक्त गितको एरेनजर पवन वाङ लामा रहेको छ भने मिक्सिङ मास्टर दिपेश प्रधान रहेको छ ।

गितको भिडियोमा भने तामाङ समुदायको चर्चित नायक कुमार मोक्तानको साथमा निरान्जली लामा, पुर्णिमा लामा थोकर र याङगी दोङको रहेको छ । तामाङ गित संगित बजारमा दिनानुदिन फरक फरक किसिमका तामाङ प्रेम गितको भिडियो सार्वजनिक भएको अवस्थामा हर्क दोङ तामाङले फरक ढंगले प्रेम गित को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

हाल १ लाख २४ हजार भन्दा बढि सब्स्क्राइबर पुगिसकेकोJigme Media (जिग्मे मिडिया) मा बिभिन्न थरिका तामाङ गितहरु सुन्न र हेर्न सकिनेछ भने हालै सार्वजनिक भएको ‘ङा ब्रेजी’ बोलको तामाङ गित पनि यसै च्यालन मार्फत हेर्न सकिनेछ ।

(भिडियो यस्तो रहेको छ । हेरेर उचित प्रतिकृया दिन नभुल्नुहोला । जय तामाङ गितसंगित)

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्