24.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको दोलालघाटबाट हराएका दुई मध्ये सिर्जनाको शव सिन्धुलीमा फेला

काभ्रेको दोलालघाटबाट हराएका दुई मध्ये सिर्जनाको शव सिन्धुलीमा फेला

१४ माघ २०७८,
काठमाडौ | काभ्रेको दोलालघाटबाट बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

केही दिन अघि परिवारको सम्पर्कमा नरहेका काभ्रे पनौती ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ का सिर्जना भण्डारी कोईराला को यहि माघ २ गते दोलालघाट स्थित ईन्द्रावती र सुनकोशीको दोभानको बगरमा जुत्ता, कपडा सहितका केही सामान फेला परेका थिए ।

नदीको किनारमा दुई जनाको सामग्री फेला परेपश्चात नदीमा हामफालेको हुन सक्ने अनुमान लगाएका दुईजनाको शव खोजी कार्य हुँदै थियो ।
बेपत्ता दुई जना मध्ये नमोबुद्ध ५ कि सिर्जना भण्डारी कोइरालाको शव विहिवार फेला परेको छ । सिर्जनाको शव सिन्धुली स्थित झाँगाझोलीमा फेला परेको हो ।

स्थानियबासिले मृत महिलाको शव देखेको खबर सिन्धुली प्रहरिलाई प्राप्त भए पश्चात प्रहरीले जिल्ला प्रहरी कार्यलय काभ्रेलाई जानकारी आएको सूचना अधिकारी काभ्रेले जानकारी दिएको हो ।

सिर्जनाका श्रीमानले उक्त शव आफ्नो श्रीमतीको हो भनी सनाखत गरेको छ भने शवलाई पोस्टमार्टमका लागि हिजो नै धुलिखेल अस्पताल ल्याईएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्