27.1 C
Kathmandu

कला/ साहित्यतामाङ महानायक अमिर दोङ अभिनित धिरज लोप्चानको रानी कुमार मोक्तानद्वारा लोकार्पण

तामाङ महानायक अमिर दोङ अभिनित धिरज लोप्चानको रानी कुमार मोक्तानद्वारा लोकार्पण

९ माघ २०७८,
काठमाडौ – आईतवार तामाङ सुपर स्टार डम्फु मिडिया हाउसको प्रस्तुति धिरज लोप्चानको तामाङ प्रेम गीत टिउ ह्या रानीको भिडियो लोकार्पण गरिएको छ ।

बौद्ध जोरपाटी स्थित म:म प्लाजामा आइतबार सम्पन्न एक कार्यक्रमका बिच तामाङ चलचित्र संघका अध्यक्ष एवं नायक कुमार मोक्तानद्वारा उक्त गीतको भिडियो लोकार्पण गरिएको हो ।

तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा नायिका रन्जिता ब्लोन रहेका थिए भने अतिथिहरुमा नायक तुल्साङ मोक्तान, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन लामा दोङ, तामाङ पत्रकार संघका अध्यक्ष सुदिन लामा दोङ लगायतका अतिथिहरु रहेका थिए ।

धिरज लोप्चानको शब्दमा च्वाईस दोङको सङ्गीत रहेको तामाङ प्रेम गीत टिउ ह्या रानीमा सन्तोष गोले र जितु लोप्चानको सुमधुर आवाज रहेको छ । दिपेश प्रधानको एरेन्ज र मिक्सिङ रहेको उक्त गीत दिप स्टुडियोमा रेकर्ड गरिएको हो ।

अमिर दोङको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा अमिर दोङ, सुश्मा मोक्तान र टिकराज तामाङको अभिनय देख्न सकिनेछ । भिडियो छायांकन तथा रंग सम्पादन बज्र ङ्यासुरले गरेका हुन भने भिडियो सम्पाद अमिर दोङ आफैले गरेका हुन ।

भिडियो सार्वजनिक कार्यक्रममा सुदिन लामा दोङ र मिलन लामा दोङले भिडियोको टिकाटिप्पणी सहित तामाङ गीत संगीतलाई माथी उठाउने काममा आफू सधैं तयारी रहेको र तामाङ कलाकार र पत्रकार बिचमा नङ र मासुको जस्तो सम्बन्ध रहनु पर्ने कुरा सांकेतिक रुपमा व्यक्त गरेका थिए ।

प्रमुख अतिथि कुमार मोक्तानले भने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमिर दोङको कलाको खुलेरै प्रसंसा गरेका थिए । धेरै लामो समयको अन्तराल पछि एउटै कार्यक्रममा देखिएका दुई नायक बिच नमिलेको वा सम्बन्ध बिग्रेको भन्ने बजारमा अड्कल बाजि गर्नेहरुको लागि पनि कुमार मोक्तानले दुई नायक बिछ त्यस्तो कुनै तिक्तता नरहेको र आ-आफ्नो कार्य व्यस्तताको कारण पहिलेको झैँ भेटघाट त्यत्ति नभएको प्रस्ट पारेका थिए । यत्ती मात्र नभएर नायक कुमार मोक्तानले तामाङ कलाकारहरुको अहिलेको अवस्था र भबिस्यमा आउने समस्याहरुको समेत महत्वपुर्ण बिचार राखेका थिए । तामाङ चलचित्र संघका अध्यक्ष/नायक कुमार मोक्तानले कार्यक्रमको सम्बोधन गर्ने समयावधि भरी कार्यक्रममा सहभागीहरुले भने निक्कै चासोको साथ उनका कुरा सुनिरहेका थिए । निक्कै नै गम्भीर बिषय बस्तुहरुलाई रचनात्मक ढङ्गले सवैलाई बेला बेलामा हसाउंदै आफ्नो मन्तव्य राखेका थिए कुमार मोक्तानले ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्