16.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापान सरकारले नयां बिदेशी विद्यार्थी प्रवेश प्रतिबन्ध क्रमश खुकुलो बनाउॅंदै

जापान सरकारले नयां बिदेशी विद्यार्थी प्रवेश प्रतिबन्ध क्रमश खुकुलो बनाउॅंदै

१६ जनवरी २०२२/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-जापान सरकारले नयां बिद्यार्थीहरूको आगमनमा कोरोना भाईरसको कारण सीमामा लगाईएको प्रबेश प्रतिबन्धहरू खुकुलो बनाउने तयारी गरिरहेका छन। यस मामिलाबारे सरकार निकट स्रोतले जनवरी १४ मा बताएको भन्दै माईनिची शिन्बुनले शनिबार समाचार छापेको थियो।
चरणबद्द रूपमा प्रतिबन्धहरू खुकुलो बनाउॅंदै लैजाने केन्द्र सरकारको आशय भएको स्रोतको भनाई छ।यस क्रममा जापान क्रेडिट आर्जन नगरेसम्म गृहदेशमा आगामी बर्षको कक्षा लिन नसक्ने वा स्नातक पूरा नहुने सरकारले प्रयोजना गरेको विदेशी विद्यार्थीहरूलाई प्राथमिकता दिईने बताईएको छ।आफैले आफ्नो पढाईको खर्च बेहौर्न विदेशी बिद्यार्थीहरूलाई भने प्रवेशको लागि पछि अनुमति दिईने छ।जापानमा आउने विदेशी विद्यार्थीमा यस्ता विद्यार्थीको अनुपात ९० प्रतिशतभन्दा धेरै छ।
जापान सरकारले सन २०२१ को जनवरीमा विदेशी विद्यार्थीहरूको आगमन रोकेको थियो ।त्यतिबेला सरकारले प्रयोजना गरेका विद्यार्थी र अन्य केहीलाई भने अपवादको रूपमा प्रवेशको अनुमति दिईएको थियो।तर गत बर्षको नोम्भेम्बरको अन्त्यतिर कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्ट फैलिन थालेपछि सरकारले प्रयोजना गरेको विदेशी बिद्यर्थीको प्रवेश पनि रोकियो।
बिश्वविद्यालयसंग सम्बद्व ब्यक्तिहरू र आर्थिक समुदायमा भएकाहरूले भने जापानले लामो समुदायसम्म प्रवेशमा प्रतिबन्ध लगाउंदा विद्यार्थीहरले अध्ययनका लागि अर्को देश रोज्ने भन्दै सरकारलाई प्रतिबन्ध खुकुलो बनाउन अनुरोध गर्दै आएका थिए।’स्नातक पूरा हुन लागेको वा आगमी कक्षामा जांदै गरेका बिद्यार्थीहरू पनि छन भन्ने तथ्याका आधारमा हामीहरूले यस बिषयमा विचार गर्नेछौं;मन्त्री परिषदका मुख्य सचिव हिरोकाजु मासुनोले जनवरी १४ मा आयोजित पत्रकार सम्मेलनमा भनेको थिए।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्