24.1 C
Kathmandu

ब्रेकिङ समाचारनिर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै

३० पौष २०७८,
काठमाडौ
। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा सर्वदलीय बैठक बोलाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने जानकारी दिए ।

यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए ।

अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद ५ जेठ २०७९ मा सकिंदै छ । कानून अनुसार, स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्