17.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानमा अध्ययनरत गोरखाका सुजन बर्सिलाको असामायिक निधन-हत्या आशंकामा दुई नेपाली पक्राऊ

जापानमा अध्ययनरत गोरखाका सुजन बर्सिलाको असामायिक निधन-हत्या आशंकामा दुई नेपाली पक्राऊ

१० जेनवरी २०२२/कुङगा होईसेर(दिपक)तामाङ
जापान-जापानमा अध्ययनरत गोरखाका सुजन बर्सिलाको असामायिक निधन भएको छ।हत्याको आशंकामा मगर र ढकाल थर गरेका दुई नेपाली पक्राऊ परेका छन।प्रहरीले बताएको प्रारम्भिक जानकारी,घटनाको प्रकृति तथा मृतक र आरोपित व्यक्तिहरूको सम्बन्धका आधारमा मृतक सुजन बर्सिलाको हत्या भएको ठानिएको छ।
घटना गत शुक्रबार जनवरी ७ तारिख राती भएको थियो अनदाजी २२ बर्षीय जापानी भाषा अध्ययनरत बर्सिलालाई उनका दुई साथीहरूले हत्या गरेको आशंका गरिएको छ।
हत्या आशंका गरिएको आरोपितमा एकजना सोही भाषा बिद्यालयमा अध्ययनरत नेपाली हुन भने अर्को एकजना सोही बिद्यालयका पूर्व बिद्यार्थी हुन।
हामीले प्राप्त जानकारी आनुसार हत्या आरोपीमध्ये एक सोही बिद्यालय पढेका तर हाल भिषा समस्याका कारण नेपाल फर्कने तयारीमा रहेका थिए श्रोताका अनुसार मृतक बर्सिला आरोपित ढकाल र मगरबीच अधिल्लो दिन बिबाद भएको बताईन्छ।सोहि बिबादका कारण शुक्रबार राती संगै बसेर मादक पदार्थ सहित खानपिन गरेका तीनजनाबीच बिबाद थप बिबाद पुग्दा बर्सिलाको हत्या गरेको हुनसक्ने घटनाक्रमले देखाएको छ।
विवरणअनुसार हत्या आरोपीहरूले नै घटना पश्चात एम्बुलेन्स बोलाईएको पाईएको छ।तर एम्बुलेन्स पुग्दा बर्सिलाको निधन भईसकेको पाईएपछि एम्बुलेन्समा रहेका सास्थ्यकर्मीले प्रहरी बोलाएर घटना सुम्पिएको थियो।
एम्बुलेन्सका कर्मचारीहरुले बार्सिलाको मुखबाट रगत बगेको सहित घाउचोट तथा असामान्य मृत्यु जस्तो पाएपछि प्रहरीलाई बोलाएको थियो।
घटनास्थलको अवस्था ढिलो गरी एन्बुलेन्सलाई खबर अभियुक्तद्वयले प्रहरीलाई दिएको जानकारीहरू एक आपसमा बाझिने र शंकास्पद लागेपछि प्रहरीले ढकाल र मगर दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
घटनाको बारेमा मृतक बर्सिला अध्ययनरत बिद्यालय फुकुओका स्थित एनआरएनए क्षेत्रीय समितिका पदाधिकारी सहित नेपाली राजदुतावास टोकियो लगायत नाम खुलाउन नचाहने अन्य पक्षसंग कुरा गर्दा घटना हत्याबाट प्रेरित भएको घटनाक्रमले देखाएको छ।
मृतक बर्सिला बिद्यर्थी भिषामा अध्ययनका लागि ३ बर्ष अघि जापानको फुकुओकामा आएका थिए।
मृतक सुजन बर्सिलाको शव हाल पोष्टमार्टमको लागि प्रहरीको नियन्त्रणमा रहेको छन।प्रहरीले मृत्यु शंकास्पद रहेका बताएपनि स्पष्ट कारण पोष्टमार्टम रिपोर्टपछि सोमबार थाहा हुने बताएको छ।
घटनाक्रम बारेमा नेपालमा रहेका परिवारलाई जानकारी गराईसकेको बताईएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्