18.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध ५ कानपुरमा वडा कार्यलय र स्वास्थ्यको भवन एकैसाथ सिलान्यास

नमोबुद्ध ५ कानपुरमा वडा कार्यलय र स्वास्थ्यको भवन एकैसाथ सिलान्यास

१७ पौष २०७८,
काठमाडौ
। काभ्रेको नमोबुद्ध नगरपालिका वडा ५ कानपुरको वडा कार्यलय र स्वास्थ्यको भवन एकैसाथ सिलान्यास गरिएको छ । शनिवार नगरप्रमुख टिपी शर्मा तिमल्सिनाद्धारा वडा कार्यलय र स्वास्थ्यको भवन सिलान्यास गरेका हुन् ।

शनिवार वडा कार्यलय र स्वास्थ्य चौकी भवन सिलान्यास गरे संगै कानपुरमा स्वास्थ्यको दुईवटा भवन हुने भएको छ । कानपुरको बोहोरेमा पनि ग्रामीण स्वास्य केन्द्रको भवन निर्माण भैरहेको र निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिए ।

नमोबुद्ध नगरपालिकाको वडा नं.२, ३, ६, ७, ८, ९, १० र ११ मा निर्माण सम्पन्न भै कार्यसञ्चालन भैरहेकोे छ भने वडा नंं.४ र ५ मा सिलान्यास संगै भवन निर्माण कार्य हुंदैछ । आज सिलान्यास भएको वडा नंं.५ को दुई वटै भवन निर्माण दुई महिनामा सम्पन्न हुने निर्माण व्यवसायीले जानकारी दिएका छन् भने नगर प्रमुख शर्माले तोकिएको समयमा निर्माण सम्पन्न गरेमा नगरबाट सम्मान गरिने बताए ।

भवन सिलान्यास पश्चात नगरप्रमुख शर्माले कानपुर माबिको नव निर्मित भवनको पनि अवलोकन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्