22.1 C
Kathmandu

ब्रेकिङ समाचारसिन्धुली खुर्कोट महोत्सव २०७८ आजबाट शुरु

सिन्धुली खुर्कोट महोत्सव २०७८ आजबाट शुरु

१६ पौष ०७८,

काठमाडौं – आयाम क्लब सिन्धुली खुर्कोटको आयोजनामा पौष १६ गते शुक्रबारदेखि खुर्कोट महोत्सव खुर्कोट बजार नयाँ बसपार्कस्थित खुल्ला चौरमा भइरहेको छ ।

संघीय साँसद तथा पूर्वमन्त्री गणेश पहाडीको प्रमुख आतिथ्यतामा महोत्सवको शुरु भएको छ ।

खुर्काेटको दीगो विकास, अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन र उद्योगको पूर्वाधार भन्ने नाराका साथ महोत्सव आयोजना गरेको हो । खुर्काेटको दीगो विकासको मूल उद्देश्यका साथ महोत्सवको आयोजना गरेको आयोजक आयाम क्लब सिन्धुलीका अध्यक्ष रिमबहादुर देवकोटा (सुवास) ले बताए ।

महोत्सवमा ५० भन्दा वढी स्टलहरु राखिएका छन् । ती स्टलहरुमा लत्ताकपडादेखि विभिन्न सामानहरु रहेका छन् । महोत्सवमा स्थानीय जुनारलगायतका कृषि उत्पादनलाई निःशुल्क रुपमा स्टल दिइएको आयोजकले जनाकारी दिएको छ।
महोत्सवमा बालबालिकादेखि राष्ट्रियरुपमा नाम कमाउन कलाकारहरुको प्रस्तुतिका साथै मनोरञ्जनका लाागि विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिएको छ । बालबालिकाका लागि रोटे पिङ लगाएतका खेलहरुको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाई आकर्षक बनाउन फरकफरक दिनमा विभिन्न राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताएको छ । चर्चित कलाकार ज्योति मगर, दुर्गेश थापा, बद्री पंगेनी, रोज मोक्तान, सहिमा श्रेष्ठ, रचना रिमाल, ¥यापर मिष्टर डी, सञ्जीव वाइवालगायतका दर्जन भन्दा वढी कलाकारहरु फरकफरक दिनमा आएर सहभागीहरुलाई मनोरञ्जन दिलाउने आयोजकको उदेश्य रहेका छन् ।
त्यस अवसरमा उनले महोत्सवबाट सिन्धुलीको विकासमा सहयोग पुग्ने विश्वास लिए । कार्यक्रममा बागमति प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति सिन्धुलीका अध्यक्ष दीपक कटुवाललगायतले महोत्सवको महत्वबारे चर्चा गरे ।

महोत्सवमा सहभागी हुनेका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि प्रतिव्यक्ति रु ५० र अन्यका लागि प्रतिव्यक्ति ७५ प्रवेश शुल्क तोकिएको छ । बृद्धबृद्धा एवं अपांग, अशक्तहरुका लागि भने प्रवेश निःशुल्क गरिएको जनाइएको छ । महोत्सव पुष २५ गतेसम्म चल्नेछ । यसअघि गतवर्ष यही मौसममा पहिलो महोत्सव भएको थियो ।

महोत्सवमा सिन्धुलीसहित छिमेकी जिल्लाहरु रामेछाप, ओखलढुंगा, काभ्रेलगायतबाट सहभागी हुने अपेक्षा गरिएको छ । दश दिनसम्म चल्ने महोसत्वसमा ७० हजार भन्दाबढीले भ्रमण गर्ने अपेक्षा राखिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्