18.1 C
Kathmandu

ब्रेकिङ समाचारनगरप्रमख द्वारा नमोबुद्ध भकुण्डेमा तौलपुलको उद्घाटन

नगरप्रमख द्वारा नमोबुद्ध भकुण्डेमा तौलपुलको उद्घाटन

१६ पौष ०७८,
काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ भकुण्डे बजारमा नेपाल सरकार यातायात व्यवस्था विभागको अनुमतिमा तौल पुल संचालनमा आएको छ ।

नगर प्रमुख टिपि शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

सवारीसाधनले क्षमता भन्दा धेरै सामान बोकेर हिड्ने भएको हुनाले दिर्गकालिन सडक सुरक्षाको लागि तौलपुलको आवश्यकता भएकोहुनाले संचालनमा ल्याएको कोटकालीका मेशिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रा. लि.का अध्यक्ष सरोज कुईँकेलले जानकारी दिनुभएको छ ।

स्थानीय सरकारसँग सहकार्य गरी तौलपुल संचालनमा ल्याएको हो ।

नगरप्रमुख टिपि शर्माले बुचाकोट मेथिङकोट कानपुर हुँदै संचालन हुने अन्तर सडकको डिपि आर सम्पन्न भएको उद्घाटन कार्यक्रममा जानकारी दिनुभएको छ ।

पाँचवर्षे कार्यकालमा नगरपालिकालाई समृद्धि बनाउन कुनै कन्जुस्याइँ नगरेको प्रमुख अतिथि टिपि शर्माले बताउनुभयो ।

“तौलपुल” एक नमुना कार्यको थलानी गरेको भएको हुँदा नगरले गर्व गरेको बताउनु भएको छ । अर्को कार्यकालमा अर्कै मेयर आएतापनि आफ्नो पाँचवर्षे कार्यकालकोबारेमा कुनै प्रश्न उठाउने ठाउँ नराखेको ठोकुवा नगर प्रमुख शर्माले गरेको छ ।

कोटकालीका मेशिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रा. लिको अध्यक्ष सरोज कुईँकेलले भ्याटमा दर्ता भएको कम्पनी भएको हुनाले राज्यलाई राजस्व संकलनमा थप सहयोग हुने दाबी गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्