19.1 C
Kathmandu

अन्तर्राष्ट्रियकम्पनी र ब्यवसायीलाई कर्मचारीको तलब बढाउन प्रधानमन्त्री किशिदाको अनुरोध

कम्पनी र ब्यवसायीलाई कर्मचारीको तलब बढाउन प्रधानमन्त्री किशिदाको अनुरोध

२४ डिसेम्बर २०२१/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहिवार आगामी ‘शुन्टो’तलब बार्तामा कर्मचारीका तलब बढाउन कम्पनी तथा व्यवसायहरूलाई अनुरोध गरेका छन।
सम्पत्ति विवरणसम्बन्धी आफ्नो नितिगत लक्ष्य हासिल गर्न खोजिएको किशिदाले जापान बिजनेश फेडरेशन(केइदानरेन) को बैठकमा बिहिवार यस्तो अनुरोध गरेका हुन।
‘तलब बढाएर सम्पत्ति वितरण गर्न् भनेका भविष्यमा लगानी गर्नु हो’बैठकमा किशिदाले भनेका छन।किशिदाले तलब बृद्विलाई सम्पत्ति विवरणको अचुक रामवाणका रूपमा हेरेका छन।उनले वार्षिक आम्दानी कोरोना भाईरसको महामारी पुर्वको स्तरमा उक्लिएका कम्पनीहरूलाई कर्मचारीका तलब ३ प्रतिशतले बढाउन आग्रह गरिरहेका छन।
तर केइदान्नेले भने समग्रमा तलब बढाउन वा सदस्य कम्पनीहरूलाई तलब बृद्विको लक्ष्य तोकिदिने योजना बनाएको छैन।गैर-म्यानुफ्याक्चरिङ कम्पनीका तुलनामा म्यानुफ्याक्चरिङ कम्पनीहरू कोरोना भाईरसको महामारीको प्रभावबाट छिट्टै उम्किएका छन।यस्तोमा हरेक कम्पनीको अवस्थाअनुसार विचार गर्नु जरूरी भएको केईदान्नेका प्रमुख मासाकाजु तोकुराले सो बैठकमा भनेका थिए।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्