16.1 C
Kathmandu

कला/ साहित्य'यारिम म्हुईला पञ्जि' सार्वजनिक, निर्माण पक्षलाई पत्रकारको प्रश्नः पञ्जि खोई?पञ्जि कस्तो आउंछ??

‘यारिम म्हुईला पञ्जि’ सार्वजनिक, निर्माण पक्षलाई पत्रकारको प्रश्नः पञ्जि खोई?पञ्जि कस्तो आउंछ??

१८ मंसिर २०७८,

काठमाडौ । शुक्रवार एक कार्यक्रमका बिच तामाङ सुपर स्टार डम्फु मिडियाको प्रस्तुती सन्तोष तामाङको तामाङ गीत ‘यारिम म्हुईला पञ्जि’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बौद्धस्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष गायक तथा संगीतकार बिश्व दोङ प्रमुख अतिथिको रुपमा थिए भने कार्यक्रमको बिशेष अतिथिको रुपमा नेपाल तामाङ कलाकार संघका पूर्व अध्यक्ष गायक तथा संगीतकार सञ्जिव वाइबा रहेका थिए ।

ताम्सालिङ मानव मोक्तानको शब्द संगीत रहेको यस गीतमा आवाज चर्चित गायीका जीतु लोप्चान र सन्तोष तामाङको रहेको छ । नायक तथा निर्देशक अमिर दोङको निर्देशन तथा हेरुका लामा बलको नृत्य निर्देशनमा बनेको भिडियोमा भने तामाङ चलचित्रका हस्तिहरुको अभिनय र नृत्य हेर्न सकिनेछ । नायक तथा निर्देशक अमिर दोङ, नायक सन्दिप स्याङ्तान, नायक टुल्साङ् मोक्तान, कुईसाङ रुम्वा, नायिका सुस्मा मोक्तान, सबु गोले, सोनी गोले लगायतका नृत्य र अभिनय रहेको यस भिडियोको आम पत्रकारले खुलेरै प्रतिकृया दिएका थिए ।

पत्रकारहरुको प्रतिनिधित्व गर्दै मन्तव्य राख्ने क्रममा सारा खबरका सञ्चालक पत्रकार मिलन लामा दोङले भने अमिर दोङको डम्फु मिडियाबाट हप्तामा नै धेरै म्युजिक भिडियो उत्पादन हुने गर्दछ । आम दर्शक श्रोताले अमिर दोङको भिडियो आउने बित्तिकै बेग्लै आशा राखेका हुन्छन् । त्यस्तै भिडियो हेर्ने क्रममा मैले पनि मन भरि आशा राखेको थिएं म्हुईला पञ्जि कस्तो आउंछ होला पक्कै पनि यस भिडियोमा हेर्न पाउनेछ भनि, तर भिडियो हेर्दा हेर्दै सकियो यारि क्वान्बा म्हुईला पञ्जि हेर्न नपाएकामा दुःख लागेको कुरा बताउंदै अब मैले त्यो पञ्जि कहां खोज्न जाने, कहां हेर्न जाने भन्दै नायक तथा निर्देशक अमिर दोङलाई कडा प्रश्न गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि बिश्व दोङले भने तामाङ भाषामा आफुले आज सम्म हातमा लगाउने पञ्जि भन्ने गहनाको नाम नै नसुनेको कुरा व्यक्त गरेका थिए । गीतमा कान्छि र पञ्जि को राइमिङ मिलाउनकै लागि मात्र पञ्जि शब्दको प्रयोग भएको हो या यसको खास कुनै अर्थ रहेको छ भन्ने कुरामा आफु अन्यौल रहेको कुरा व्यक्त गर्दै राईमिङ मात्र मिलाउने कुनै अर्थ लगाग्ने शब्द रचना गरिदिदा भिडियो निर्माण पक्षलाई समेत अप्ठ्यारो परेको हुन सक्ने कुरा व्यक्त गरेका थिए । मन्तव्यकै क्रमम यहि मंसिर २४ र २५ गते नेपाल तामाङ कलाकार संघको आयोजनामा दोस्रो तामाङ मौलिक सेलो महोत्सव हुन लागेकोमा सम्पुर्णलाई निमन्त्रणा समेत गरेका थिए ।

तामाङ गीत संगीतको बजारमा सबै भन्दा धेरै म्युजिक भिडियो उत्पादन गर्ने कम्पनीको रुपमा चिनिएको ‘डम्फु मिडिया’को आयोजनामा धेरै जसो पत्रकार सम्मेलनमा खासै टिकाटिप्पणि हुंदैन थियो तर यस पटक भने कार्यक्रम सञ्चालकले नै भिडियो निर्माण पक्ष र पत्रकार बिच भिडियो सम्बन्धि अन्तरकृयाको लागी फ्लोर नै ओपन गरेपछि निर्माण पक्षलाई प्रश्नको ओइरो नै आएका थिए ।

गीतको भिडियो ‘Damphu Media PVT. LTD.’मार्फत सार्वजनिक गरिएको छ भने पत्रकार र भिडियो निर्माण पक्ष बिचाको कडा प्रश्नोत्तरको भिडियो सकितको सामाग्री भने अर्को समाचार मार्फत आउनेछ ।

भिडियो हेर्नुहोस…….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्