17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रे नमोबुद्धको एक होटलमा आगलागी, करिव १५/२० लाख भन्दा बढी क्षति

काभ्रे नमोबुद्धको एक होटलमा आगलागी, करिव १५/२० लाख भन्दा बढी क्षति

१७ मंसिर २०७८,

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ६ २५ किलो स्थित एक होटलमा आगलागी भएको छ । वडा नं ६ निवासी सुरज केसीले सञ्चालन गरेको समृद्ध खाजा घर एण्ड भोजनालयमा आज बिहान करिव ६ बजेतिर आगलागी भएको वडाध्यक्ष कुल प्रसाद न्यौपानले नमोबुद्ध न्यूजलाई जानकारी दिएको हो ।

आगलागी बाट होटल पुर्ण रुपमा ध्वस्त भएको छ । वडाध्यक्षको अनुसार होटल सञ्चालकको मोटर साईकल सहित १५/२० लाख भन्दा बढी क्षति भएको अनुमान लगाइएको छ ।

आगलागी ग्यास लिग भएर हुनसक्ने अनुमान लगाइएको छ । उक्त घटनाले मानविय क्षती भएको छैन यद्यपी होटलमा रहेको सम्पूर्ण सामनहरु भने पुर्ण रुपमा नष्ट भएको छ ।

आगलागी भएको लगत्तै नमोबुद्ध नगरपालिकाको दम्कल, स्थानीयवासी र प्रहरीको सहयोमा आगलागी नियन्त्रण गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्