28.1 C
Kathmandu

ब्रेकिङ समाचारराप्रपाको जारी एकता महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन को प्रतिस्पर्धा, कस्ले...

राप्रपाको जारी एकता महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन को प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

१७ मंसिर २०७८,

काठमाडौ । राप्रपाको एकता महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा जारी छ । राप्रपा महाधिवेशनका लागि चार हजार चार सय ७१ जनाको मतदाता नामावली प्रकाशित गरिएको छ। राष्ट्रिय सभागृहमा बिहीबार राति मतदाताको सूची सार्वजनिक गरिएको छ।

भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले आफ्नो प्यानल घोषणा गरेका छन् भने अर्का अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पनि आफ्नो प्यानल घोषणा गरेका छन् ।

थापाको प्यानलमा पूर्व मन्त्री देखी पूर्व आइजिपी सम्मका शक्तिशाली व्यक्ति हरु रहेका छन् । उन्को प्यानलमा उपाध्यक्षमा पूर्वमन्त्री बुद्धिमान तामाङलाई राखेका छन्। एक महिलासहित चार उपाध्यक्षमा थापाले पूर्वआइजिपी ध्रुवबहादुर प्रधानलाई राखेका छन् । यस्तै, उपाध्यक्षमा थापाले पूर्वमन्त्री विक्रम पाण्डेलाई राखेका छन् ।
यसैगरी, थापाले आफ्नो समूहमा महिला उपाध्यक्षमा रोशन कार्कीलाई राखेका छन् ।

तीन महामन्त्री पदमा थापाले भाष्कर भद्रा, भुवन पाठक र महिलामा कुन्ती शाहीलाई उम्मेदवार बनाएका छन्।राप्रपा अध्यक्ष थापाको पक्षमा राप्रपाका ‘हस्ती’हरूले समर्थन गरेका छन्। त्यसमा अध्यक्षमध्ये पशुपतिशमशेर जबरा, पूर्वमन्त्री दीपक बोहरा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उनका छोरा जयन्त चन्दलगायत छन् ।

बिहीबार बेलुका सार्वजनिक गरिएको मतदाता सूचीमा अधिकांश थापाको पक्षमा रहेको दाबी गरिएको छ ।

राप्रपाका प्रभावशाली नेता थापाले यो महाधिवेशनमा आफ्ना समकक्षी नेता राजेन्द्र लिङदेनसँग प्रतिस्पर्धा गर्दैछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्