23.1 C
Kathmandu

कला/ साहित्यअन्तर्राष्ट्रिय खेलाडी अजय सिङ्तानको 'मेरो डम्फु' बजारमा सार्वजनिक

अन्तर्राष्ट्रिय खेलाडी अजय सिङ्तानको ‘मेरो डम्फु’ बजारमा सार्वजनिक

१६ मंसिर २०७८,

काठमाडौं । अन्तरराष्ट्रिय खेलाडी अजय सिङ्तानको ‘मेरो डम्फु’ युट्युव मार्फत बजारमा सार्वजनिक भएको छ ।

बिहिबार बौद्ध जोरपाटी स्थित मःम प्लाजामा पत्रकार सम्मेलन मार्फत उक्त गीतको अडियो सार्वजनिक गरिएको हो । बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडी तथा नव गायक अजय सिङ्तान, नायक तथा निर्देशक अमिर दोङ् लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेका थिए ।

बिहिबार सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गीतकार कुमार स्याङ्बाको शब्द रहेको छ भने चन्द्र कुमार दोङको संगीत तथा एरेन्ज रहेको छ । गीतमा स्वर भने नव गायक अजय सिङ्तानको रहेको छ ।

गीतको म्युजिक भिडियो बनाउनै पर्ने अवस्था हुंदा हुंदै पनि समय अभावकै कारण भिडियो निर्माण गर्न नसकेको हुंदा हाललाई अडियो मात्र भए पनि श्रोताहरुको माझमा सार्वजनिक गरेको गायक अजय सिङ्तानले बताए । अजय सिङ्तानले यस अघि पनि ‘खेलाडी’ बोलको गीत बजार ल्याइसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नायक तथा निर्देशक अमिर दोङले भने बर्तमान समयमा गायक, संगीतकार, मोडल लगायत सबै जसो कलाकारले आफ्नै युट्युव च्यानल बनाउने र आफ्नै च्यानलमा गीत तथा भिडियो आप्लोड गर्नकै लागी भए पनि भिडियो तथा अडियो निर्माण पक्षमा गुणस्तर घटाएरै भए पनि सस्तोमा भिडियो बनाउने होडबाजी चलेको कुरा बताए । भिडियो सस्तोमा बनाउनु त राम्रै पक्ष हो तर गुणस्तरमा भने कमि ल्याउन नहुने कुरा व्यक्त गरे ।

प्रमुख अतिथि चन्द्र कुमार दोङले भने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘मेरो डम्फु’ ल्होछार संग सम्बन्धित गीत हो । हामीले हाम्रो धर्म संस्कृतीको संरक्षण गर्नपर्दछ । धर्म हाम्रो संबिधान जस्तै हो । बुद्ध धर्म तामाङ समुदायको लागी संबिधान हो । हामी आफै धर्ममा बिवाद ल्याउने काम गरिरहेको हुंदा अबका दिनमा ल्होछार ग्याल्बो र सोनाम ल्होछार नभनी ल्होछार मात्र भनेर मनाउनु पर्ने कुरामा जोड दिएका थिए ।

गीत तामाङ सुपारस्टार डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्