नमोबुद्ध नगरपालिका वडा नं ५ बोहोरे टोल कमिटी गठन संगै २० जना नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमालेमा प्रबेश

मङि्सर ०५, २०७८


५ मंङ्सिर २०७८
काठमाडौं। नमोबुद्ध नगरपालिका वडा नं ५ को टोल टोलमा नेकपा (एमाले)को टोल कमिटी गठन सुरू गरिएको छ।यसै सिलसिलामा शनिबार नमोबुद्ब नगरपालिका वडा नं ५ बोहोरे टोल कमिटी गठन संगै २० जना नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेका हुन।
उक्त भेला पूर्वमन्त्री नेकपा(एमाले) बाग्मती प्रदेश कमिटी सदस्य रेशम लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने,साथमा नेकपा (एमाले) काभ्रे जिल्ला कमिटी सचिवलय सदस्य राजन भुर्तेल,नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य तथा बाग्मती प्रदेश सभा सांसद गोमा भुर्तेल, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमलसिना,नमोबुद्ध नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बुद्ध सिं तामाङ लगायतका एमाले नेताहरू उपस्थित भएका थिए।
भेलाले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यिय टोल समिति गठन गरेको छ। जसमा उपाध्यक्ष शिव बहादुर धिताल, सचिबमा मदन श्रेष्ठ,सहसचिवमा श्याम कुमार बिश्वकर्मा, सदस्यहरूमा क्रमश:कबिता धिताल,अप्सरा परियार,सोम प्रसाद श्रेष्ठ ठुलोबाबु खनाल,पहलमान श्रेष्ठ लगायतका रहेका छन।
उक्त भेलामा शिव धिताल,बाबु खनाल,कुबेर खनाल,मनोज धिताल,कृष्ण श्रेष्ठ,सोमप्रसाद श्रेष्ठ लगायत २० जना नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेका हुन।
भेलामा प्रमुख अतिथि पूर्व मन्त्री नेकपा (एमाले)बागमती प्रदेश कमिटी सदस्य रेशम लामाले अब नेकपा एमाले ले मात्र देशमा बिकास सम्भव छ, हातमा हतकडी लगाएका ब्यक्ति नेकपा एमालेमा छैनन अपाराधीक काम गर्ने ब्यक्ति नेकपा एमालेको नेता हुन सक्दैन, भन्दै नब प्रबेशिकाहरूलाई स्वगात गरेका थिए।