24.1 C
Kathmandu

ब्रेकिङ समाचारआज बाट सुरु हुने राष्ट्रिय जनगणना सफल पार्न ओलीको सन्देश

आज बाट सुरु हुने राष्ट्रिय जनगणना सफल पार्न ओलीको सन्देश

२५ कार्तिक २०७८

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बाट सुरु हुने राष्ट्रिय जनगणना सफल पार्न सबैमा आग्रह गरेका छन् । बिहीबार कै मिति राखेर बुधबार सार्वजनिक गरिएको उनको सन्देशमा राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणना जस्तो महाअभियानको पूर्व सफलताको कामना गरिएको छ ।

‘जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ, कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ, शिक्षा स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरिका नागरिकको सूचना एकैपटक उपलब्ध गराउँदछ,’ सन्देशमा ओलीले भनेका छन्, ‘त्यतिमात्र होइन, देशमा रोजगार, बेरोजगार नागरिक कति छन्, वैदेशिक रोजगारीमा छन्, यी सबै जानकारी जनगणनाबाट नै प्राप्त हुन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना पनि भएकाले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्छ भन्ने मार्ग निर्देशनसमेत यसबाट हुने उनले सन्देशमा उल्लेख गरेका छन् ।

आफ्नो घरमा आउने गणकलाई सही विवरण टिपाएर सहयोग गर्न आह्वान गर्दै उनले आफ्ना पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि लगायतलाई पनि यस कार्यमा सघाउन आग्रह गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्