28.1 C
Kathmandu

कला/ साहित्यनायक कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ प्रेम गीत 'लानी...

नायक कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ प्रेम गीत ‘लानी धिनी’ बजारमा(भिडियो सहित)

१३ कार्तिक २०७८

काठमाडौ । चर्चित नायक कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ प्रेम गीत ‘लानी धिनी’ म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ । अबिरल तामाङको पहिलो प्रस्तुति रहेको उक्त गीत शुक्रवार मिनसाङ प्रोडक्सनबाट सार्वजनिक गरिएको छ ।

पछिल्ला समय देश बाहिर रहेकाहरु गीतसंगीतको क्षेत्रमा आकर्षण बढेको देखिन्छन् । ‘लानी धिनी’ का निर्माता अबिरल तामाङ हाल अस्ट्रेलिया रहेका छन् । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष समेत रहेका अबिरल तामाङको आफ्नै शब्द रचनामा बनेको यस गीतमा जोगलाल लामाको संगीत रहेको छ भने नेपाली तारा सन्तोष लामा र सिर्जना स्याङ्तानको स्वर रहेको छ । सर्गम रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन्न यस गीतको मिम्सिङ मास्टर भने दिपेश प्रधान रहेका छन् ।

सुर्य लामाको निर्देशनमा नायक कुमार मोक्तान र सिता लामाको अभिनय रहेको यस गीत बिसुद्ध प्रेम प्रसंगसंग सम्बन्धित रहेका छन् । प्रेमले मान्छेलाई सबबाट अलग बनाइदिन्छ । ठूलो भिडमा पनि एक्लो भएको आभाष गराइदिन्छ । यतिमात्र होइन, प्रेमले स्वयम्लाई कमजोर बनाइदिन्छ त कहिले निडर बनाइदिन्छ । संसार ठप्प रोकिएझै महसुस भैदिन्छ, शब्दहरू बेस्सरी हड्वडाई दिन्छन्, मुटुको धड्कन तेज भैदिन्छ । एकले अर्कोलाई मन पराएको कुरा सहजै व्यक्त गर्न गाह्रो हुन्छ । यस्तै यस्तै खालका दृश्यहरु यस भिडियोमा देखाउन खोजीएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्