28.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा एमाले तेमाल र चौंरी देउरालीमा वडा अधिबेशनबाट सर्वसहमत अध्यक्ष चयन भएका...

नेकपा एमाले तेमाल र चौंरी देउरालीमा वडा अधिबेशनबाट सर्वसहमत अध्यक्ष चयन भएका अध्यक्षहरु

७ कार्तिक २०७८
काठमाडौ
। नेकपा एमालेको स्थानीय तह अन्तर्गतका सबै वडाहरुमा शनिबार वडा अधिवेशन सम्पन्न गर्नेक्रममा काभ्रेको बिभिन्न नगरपालिका/गाउंपालिका अन्तर्गतका प्राय सवै जसो वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ ।

यस्तै काभ्रेको तेमाल गाउंपालिकाभित्रका सबै वडाहरुमा पनि एकैसाथ वडाअधिवेशन सम्पन्न गरेका छन् । तेमालका वडा अधिवेशनबाट सर्वसहमत नेकपा (एमाले) वडा कमिटी अध्यक्षमा चयन भएका अध्यक्षहरुको नामवली क्रमश ःवडा न १ का अध्यक्षमा इन्द्र अधिकारी, वडा न.२ का बिरनन्द तामाङ, वडा न.३ का नेत्र बहादुर तामाङ, वडा न.४ का धनलाल लामा
वडा न.५ का विवेक तामाङ, वडा न.६ का पाल्देन लामा, वडा न.७ का खुसराज लामा, वडा न.८ का औलत सिङ तामाङ, वडा न.९.का बुद्ध राम तामाङ तेमालका वडा अधिवेशनमार्फत वडा कमिटीमा निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमाले चौरी देउराली गाँउपालिकाको सम्पुर्ण वडाहरुमा पनि वडा कमिटी अधिबेशन शनिबार नै सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट निर्वाचित वडा कमिटीका अध्यक्षहरुमा क्रमशः वडा न. १.का अध्यक्ष औतार लामा, वडा न. २ का छत्र बहदुर प्रधान, वडा न.३ का कृष्ण प्रसाद चौलागाईं, वडा न.४ का बद्री प्रसाद गौतम, वडा न.५ का मीन प्रसद फुयाल, वडा न.६ का दिल्ली प्रसाद चौलागाईं, वडा न.७का बल बहदुर लामा, वडा न.८ का सुरज राज पन्त नेकपा एमाले वडा कमिटीमा निर्वाचित भएका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्