17.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा एमाले नमोबुद्धका सबै वडाहरुमा वडा अधिबेशन सम्पन्न, कुन–कुन वडामा को–को बने...

नेकपा एमाले नमोबुद्धका सबै वडाहरुमा वडा अधिबेशन सम्पन्न, कुन–कुन वडामा को–को बने अध्यक्ष नामवलिसहित

७ कार्तिक २०७८
काठमाडौ
। नेकपा एमालेको स्थानीय तह अन्तर्गतका सबै वडाहरुमा शनिबार वडा अधिवेशन सम्पन्न गर्ने र सो को एकै साथ पार्टी केन्द्रिय अध्यक्ष केपी शर्मा वलीद्धारा भर्चुवल मार्फत उद्घाटन गरि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

सोही बमोजीम काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गतका सबै वडाहरुमा वडाअधिबेशन शनिबार नै सम्पन्न भएको छ भने वडा नं.३ लगायत केही वडाहरुमा यस अघि नै वडा अधिवेशन सम्पन्न भएको थियो ।

शनिबार सम्पन्न वडा अधिवेशनबाट नेकपा एमाले वडा कमिटीको अध्यक्षमा सर्वसहमति चयन भएका अध्यक्षहरुमा क्रमशः वडा न १ को अध्यक्षमा प्रेम प्रसाद सत्याल, वडा नं.२ मा कान्छामान लामा वडा न.३ मा रोहिणी प्रसाद अधिकारी, वडा न.४ मा सुरेन्द्र चिमौरिया, वडा न.५ मा लालकाजी लामा, वडा न.६ मा भरत न्यौपाने, वडा न.७ मा प्रताप लामा, वडा न.८ मा शेर ब तामाङ, वडा न.९ मा ज्ञान ब लामा, वडा न.१० मा शिव बस्नेत, वडा न.११ मा भवमान स्याङ्तान सर्वसहमतिबाट वडा कमिटीको अध्यक्षमा चयन भएका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्