23.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा (एमाले)नमोबुद्ध नगर कमिटीको प्रथम अधिवेशन कार्तिक ९ गते हुने

नेकपा (एमाले)नमोबुद्ध नगर कमिटीको प्रथम अधिवेशन कार्तिक ९ गते हुने

३ कार्तिक २०७८
काठमाडौ
। नेकपा (एमाले) नमोबुद्ध नगर कमिटीको पहिलो अधिवेशनको मिति तय भएको छ । मंगलवार बसेको पार्टीको बैठले कार्तिक ९ गते नै नगर कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको विधान महाधिवेशनले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिकाअनुसार देशैभरका ७ सय ५३ वटा स्थानीय तहका वडाहरुको वडा अधिवेशन गर्ने र सो को उद्धटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यममार्फत गर्ने निर्णयानुसार नमोबुद्ध नगरपालिका नेकपा (एमाले) ले पनि नगरपालिका भित्रका ११ वटै वडाहरुमा कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते श्री कृष्ण पार्टी प्यालेस भकुण्डेबशीमा बिहान ११ बजेका लागि नगर कमिटी अधिवेशन गर्ने मिति तय गरिएको छ । त्यसै गरि कार्तिक ६ गते नै नगर अधिवेशनको लागि प्रतिनिघिहरु समेत छनौट गरि कार्तिक ७ गतेभित्र नगरकमिटीलाई लिखित रुपमा जानकारी गराउनु पर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा हुने भएको हुंदा अहिले वडा तह संगै पालिका र नगरपालिकाहरुको अधिवेशनको तयारी रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्