30.1 C
Kathmandu

ब्रेकिङ समाचारसर्लाहीबाट पेस्तोलसहित पक्राउ परे एक युवक

सर्लाहीबाट पेस्तोलसहित पक्राउ परे एक युवक

१ कार्तिक २०७८

काठमाडौ । प्रहरीले एक थान पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ। सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक थान पेस्तोल र एक थान म्याग्जिनसहित शनिबार उनी पक्राउ परेका थिए।स्थानीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्टको विषयलाई लिएर विवाद भएको थियो।

विवाद भएपछि नवजितले विनयलाई पेस्तोल ताकेको भन्ने सूचना पाएपछि प्रहरी पुगेको थियो।सीमा प्रहरी चौकी बलरामाबाट खटिएको टोलीले उनलाई हतियारसहित नियन्त्रणमा लिएको हो।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्