28.1 C
Kathmandu

कला/ साहित्यरचना रिमाल र अर्यान तामाङ को 'सुन्छु अरे' भिडियो सहित बजारमा

रचना रिमाल र अर्यान तामाङ को ‘सुन्छु अरे’ भिडियो सहित बजारमा

१९ असोज २०७८/ Kunga Woeser Tamang(दिपक दोङ)

Japan । नेपाली गीतसंगीतको बजारमा चर्चित गायिका रचना रिमाल र अर्यान तामाङको नयां गीत ‘सुन्छु अरे’ म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ ।

शुक्रवार गायिका रचना रिमालको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको शब्द/संगीत छेटुप लामा मोक्तान को रहेको छ भने स्वर रचना रिमाल संगै अर्यान तामाङको रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

शब्दरचनाकार एवम् संगीतकार द्धय छेटुप लामा मोक्तान हाल रोजगारीको सिलसिलामा दक्षिण कोरीयामा रहेको छ । बिदेशमै रहेर पनि नेपाली गीतसंगीतलाई अत्यन्तै माया गर्ने मोक्तान स्वयम् आफै पनि राम्रो गाउन सक्ने गायक समेत हुन् । उन्ले यस अघि नै धेरै तामाङ सेलो गीत लगायत नेपाली आधुनिक तथा पप गीतहरु समेत गाइसकेका छन् ।

बजारमा सार्वजनिक भएको उक्त गीतको भिडियो निकेश खड्काको निर्देशनमा बनेको हो भने यसमा किरण श्रेष्ठ र गरिमा शर्माको अभिनय हेर्न सकिनेछ । हामीले यो समाचार संप्रेषण गरिन्जेल सम्म यस गीतको भिडियो ५८ हजार भन्दा बढीले हेरिसकेका छन् भने ३३ सय जना भन्दा बढीले मन पराईसकेका छन् । दर्शकले दिएका २६९ वटा प्रतिकृया मध्य सबै जसो प्रतिकृया शब्द/संगीत, स्वर र अभिनय सबै पक्षको सकरात्मक रुपमा प्रतिकृया दिएको देखिन्छ ।

भिडियो हेर्नुहोस……..

भिडियो हेर्नुहोस

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्