16.1 C
Kathmandu

ब्रेकिङ समाचारनिर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा महोत्तरीको एक वडामा भने पुःन मतगणना

निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा महोत्तरीको एक वडामा भने पुःन मतगणना

१२ असोज २०७८

काठमाडौ । स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसकेको छ । निर्वाचित जनप्रतिनिधिहरु यस बर्ष अन्तिम कार्यकाल सम्हालीरहेका छन् तर प्रदेश नं २ को एक वडामा भने गत निर्वाचनकै मतपरिणाम पुःन गणना गरिने भएको छ ।

उच्च अदालत जनकपुरले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को फेरी मतगणना गर्न आदेश दिएको हो ।

वडा अध्यक्षका उम्मेदवार रमेश रायले उच्च अदालतमा दोहोर्‍याएर मतगणना गरी पाउँ भन्दै मुद्दा दायर गरेका थिए । मतगणनाको नतिजा विरुद्ध मुद्दा दायर गरेका राय स्वतन्त्र उम्मेदवार दिए । राय र नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरीले समान ६७ मत पाएका थिए । दुवैको मत बराबर भएपछि गोलाप्रथा गर्दा चौधरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

रायको दाबी अनुसार, चौधरीलाई ६४ मत मात्रै आएको हो । निर्वाचनमा खटिएका कर्मचारीले बदर हुनुपर्ने ३ वटा मत मिलाइदिएर ६७ पुर्‍याइदिएको दाबी गर्दै मुद्दा दायर गरेका छन् ।
सोहि अनुरुप सर्वोच्चले ६ चैत २०७७ मा उच्च अदालतको आदेश सदर गरेको हो । सो आदेश कार्यान्वयनका लागि उच्च अदालतले फेरी मतगणनाको लागी २०७८/०७/०७ गते मिति तोकिदिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्