20.1 C
Kathmandu

ब्रेकिङ समाचारग्राहकको खाताबाट २७ लाख चोरी गर्ने बैंकका कर्मचारी पक्राउ

ग्राहकको खाताबाट २७ लाख चोरी गर्ने बैंकका कर्मचारी पक्राउ

८ असोज २०७८

काठमाडौ । किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा इलामका केशव राई पक्राउ परेका छन्। उनलाई इटहरी ४ स्थित तुलसा टोलबाट प्रहरीले पक्राउ गरेको हो।

३३ वर्षीय राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको पैसा निकालेका थिए। पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर २७ लाख रुपैयाँ झिकेका थिए।

उच्च अदालत विराटनगरले उनीविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार भएका थिए। पक्राउपछि ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्