17.1 C
Kathmandu

ब्रेकिङ समाचारघुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

५ असोज २०७८

काठमाडौ । सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए । सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेका थिए ।

घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार अबेर राति गुजरात ट्राभल्समा काम गर्ने यादव र प्रहरी जवान लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले घुस लिएको खबर आउनासाथ गुप्ता र लोहार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्