29.1 C
Kathmandu

ब्रेकिङ समाचारबँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

२ असोज २०७८

काठमाडौ । बर्दियामा छिमेकीले जंगली जनावर बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्