20.1 C
Kathmandu

ब्रेकिङ समाचारचीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुग्दै

१ असोज २०७८

काठमाडौ । चीनसंग खरिद गरिएका ४४ लाख भेरोसेल खोप आज नेपाल ल्याउने भएको छ । शुक्रबार दिउँसो २ बजे खोप आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका हुन ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुने भएकाले एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर, अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएकोले ४४ लाख डोज ल्याउन सकिने भएको हो ।

६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्