28.1 C
Kathmandu

ब्रेकिङ समाचारआज विश्वकर्मा पूजा एवं वास्तु दिवस विभिन्न ठाउंमा मनाउंदै

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस विभिन्न ठाउंमा मनाउंदै

१ असोज २०७८

काठमाडौ । आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानाहरुमा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने, राम्रो काम गर्न सकिने र कुनै पनि मानविय क्षेती नहुने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भए संगै चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्