17.1 C
Kathmandu

ब्रेकिङ समाचारमाधव नेपाल समूहका १४ सांसदको सूची सार्वजनिक नगरे सदन चल्न नदिने एमालेको...

माधव नेपाल समूहका १४ सांसदको सूची सार्वजनिक नगरे सदन चल्न नदिने एमालेको अडान

२९ भाद्र २०७८
काठमाडौ
। प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गतको पाँचौ बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधकाबीच दिउँसो १ बजेका लागि बैठक बोलाईएको छ।

संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने रुक्म शम्शेर ज.ब.रा.को निधनप्रति सभामुखले शोक प्रस्ताव पेश गर्नेछन् ।

भदौ २३ गते सुरु भएको संसद अधिवेशनपछि बसेका सबै बैठक एमालेले अवरोध गर्दै आएको छ। आजको बैठक पनि अवरोध गर्ने एमालेको तयारी रहेको छ। पार्टीले कारबाही गरेका माधव नेपाल समूहका १४ सांसदको सूची सार्वजनिक नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्