24.1 C
Kathmandu

कला/ साहित्य'ज्यान मैच्याङ' संगै गायक संजय लामाको सांगीतिक बजारमा पुनः आगमन

‘ज्यान मैच्याङ’ संगै गायक संजय लामाको सांगीतिक बजारमा पुनः आगमन

२८ भाद्र २०७८/छेडुप तामाङ

काठमाडौ । तामाङ गीतसंगीतको बजारमा सोमबार गायक संजय लामाको ज्यान मैच्याङ सार्वजनिक गरिएपश्चात एउटा ईट्टा थपिएको छ । लामो समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेली ‘ज्यान मैच्याङ’ भिडियो सहित बजारमा आएको छ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समय काम विशेष परदेशीय पनि पुन सांगीतक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत ल्याएको बताउछन ।

आज बौद्धस्थित ‘ज्यान मैच्याङ’ सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने विशेष अतिथिको रुपमा सिन्धुपाल्चोक जिल्लाकै पाँच पोखरि थाङपाल गाउँ पालिका नेपाली कांग्रेसका पालिका सभापति सुर्य बहादुर अधिकारि र बरिष्ठ गायक प्रेम लोप्चन लगायत अन्य कलाकार, समाजसेवि एवम् पत्रकारहरुको बाग्लो उपस्थिति रहेका थिए ।

संचारकर्मि प्रितम तामाङले संचालन गरेको गरेको उक्त कार्यक्रममा गायक आस्मान लोप्चनले शब्दरुपी फूलका गुच्छाहरुद्धारा आफ्ना मन्तव्य सहित पाहुनाहरुलाई स्वागत गरेका थिए ।

सोमबार जिग्मे मिडियाको अफिसियल युटुब बाट सार्वजनिक भएको उक्त गीतमा गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वर रहेको छ भने शब्द संगीत विश्व दोङको रहेको छ ।

मिथुन बिजि र बिसन लामाले निर्देशन गरेको भिडियोमा मिथुन बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, याङ्गि दोङ, मन्जु श्रेष्ठ, अनुसा लामा र दीक्षा लामा लगायत अन्य थुप्रै कलाकारहरुको दमदार प्रस्तुति देख्न सकिनेछ ।
भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन भने दृश्य तथा रंग सम्पादन जिग्मे मिडियाका संचालक सुर्य लामाले गरेका हुन ।

कार्यक्रम संयोजनमा विशेष भुमिका निर्वाहगरेका युवा समाज सेवि पासाङ लामालाई निर्माण पक्षले विशेष धन्यवाद दिएका छन् । कार्यक्रमलाई सफल पार्नका निमित्त कालिका गोले, कमल बोम्जन, पेमा वाङ्गेल लामाले विशेष सहयोग गरेको निर्माण पक्षले बताएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्