18.1 C
Kathmandu

ब्रेकिङ समाचारसभामुखको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दै

सभामुखको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दै

२८ भाद्र २०७८

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक आज बस्दैछ ।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने श्रोतले जानकारी दिएका हुन् ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्