24.1 C
Kathmandu

ब्रेकिङ समाचारमन्त्री चन्द्र लामालाई गृहनगरमा भव्य सम्मान

मन्त्री चन्द्र लामालाई गृहनगरमा भव्य सम्मान

२७ भाद्र २०७८

काठमाडौ । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा भव्य सम्मान गरिएको छ ।
काभ्रे क्षेत्र नं १ (खं) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा हुन् । आज आइतबार नमोबुद्ध नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री लामालाई सम्मान गरेको हो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मन्त्री लामालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा भकुण्डेबेशी जेसीज, भकुण्डेबेशी जुनियर जेसीज, जनक बहुमुखी क्याम्पस, जनक माध्यामिक विद्यालय र रोशी बाङ्मय प्रतिष्ठानले पनि मन्त्री पदमा नियुक्त भएकोमा लामालाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई संवोधन गर्दै मन्त्री लामाले नमोबुद्ध नगरको समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू मन्त्री नियुक्त हुनुभन्दा अगाडि पनि नमोबुद्धको विकासका लागि निरन्तर पहल गरेको बताउँदै मन्त्री लामाले नगरको हरेक वडा र टोलको विकासका लागि आफ्नो ध्यान केन्द्रित गरेको बताए । कृषिबाटै यस क्षेत्रका जनताको आर्थिक उन्नति हुने भन्दै मन्त्री लामाले कृषि एवं पशुपालन क्षेत्रको विकासमा आफू लागिपर्ने बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरुले चुनावमा प्रतिवद्धता गरेअनुसारकै नगरको विकासका लागि लागिपरेको बताए । जनप्रतिनिधि र कर्मचारी मिलेर सुशासन कायम गर्न आफू प्रतिवद्ध रहेको तिमल्सिनाले बताए । बागमती प्रदेश सरकारका मन्त्री चन्द्र लामा सांसद भएदेखि नै नगरको विकास लागि प्रदेश सरकारबाट उल्लेख्य बजेट प्राप्त भएको र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए ।
कार्यक्रममा पूर्वमन्त्री रेशम लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, उपसचिव जनार्दन रिजाल, इन्जिनियर उज्ज्वल अर्याल, जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्