17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबद्धमा वाइसिएलको भेला सम्पन्न

नमोबद्धमा वाइसिएलको भेला सम्पन्न

२६ भाद्र २०७८
काठमाडौ
। नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसियलको नमोबुद्ध नगर स्तरीय सम्मेलन सम्पन्न भएको छ । शुक्रवार तेस्रो नगर सम्मेलनबाट जितबहादुर लामाको अध्यक्षतामा ५९ सदस्य नगर कमिटी चुनिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा काभ्रे जिल्ला इन्चार्ज एवं पुर्वराज्य मन्त्री सूर्यमान दोङ, बागमती प्रदेश कमिटी सदस्य एवं चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम, पार्टी जिल्ला अध्यक्ष रुकु चौलागाईं, सङ्घीय संसद गंगाबहादुर दोङ, पार्टी जिल्ला सचिवालय सदस्य दैवलाल घिसिङ लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

उक्त भेलाले जितबहादुर लामाको अध्यक्षतामा उपाध्यक्षमा वाङ्जु लामा, सचिवमा सञ्जय लामा, सहसचिवमा केश्मा थापा, मिलन लामा र कोषाध्यक्षमा श्यामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा एम लामा, रेशाम लामा, जित लामा, गोविन्द नेपाली, विवेक तामाङ, दीपक लामा, विष्णुबहादुर लामा, आशिष् लामा, कविता लामा, राजकुमार श्रेष्ठ, विजय तामाङ, इन्द्रमाया तामाङ, जितलाल तामाङ, सन्त लामा, मनोज अधिकारी, प्रकाश लामा, सिता लामा, गोविन्द विसुङ्के, राजकुमार परियार, आइतसिंह विसुङ्के, छोइकु लामा लगायतका नगर कमिटी निर्वाचित गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्