24.1 C
Kathmandu

ब्रेकिङ समाचारमेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष

मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष

१० भाद्र २०७८

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिका ४ मा रहेको मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष निर्माण गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र उनीहरुलाई सहजरुपमा सेवा पु¥याउने उद्देश्यले आकस्मिक कक्ष निर्माण गरिएको हो ।

आकस्मिक कक्षको आज बिहीबार आयोजित एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । बागमति प्रदेश सरकारको आर्थिक सहयोगमा भ्याटबाहेक १२ लाख २२ हजार ३ सय ९५ रुपैयाँमा आकस्मिक कक्ष निर्माण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले तत्कालिन समयमा मेथिनकोट अस्पताललाई क्षेत्र नंवर १ को क्षेत्रीय अस्पतालको रुपमा स्थापना गरिएको स्मरण गर्दै अहिले प्रदेशस्तरीय अस्पताल बनाउन सफल भएको बताए । अस्पतालमा निर्माण गरिएको आकस्मिक कक्षले बिरामीहरुको परिक्षण र उपचार सेवाले थप प्रभावकारी बन्ने विश्वाससमेत उनले व्यक्त गरे । अस्पतालमा पछिल्लो समय सेवा सुविधा थपिँदै गएको र चाँडै नै १ सय शैयाको अस्पतालको रुपमा विकसित गर्न काम सुरु भइसकेको उनले बताए । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको तिमल्सिनाले बताए । मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बनेसँगै यसले नमोबुद्ध नगरपालिकामात्रै नभएर आसपासका गाउँपालिका तथा छिमेकी जिल्लाहरुका बिरामीले समेत सहजरुपमा स्वास्थ्य उपचार सेवा पाउने अवस्था सिर्जना भएको तिमल्सिनाको भनाई थियो ।

कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनालले सबैको सहथ र सहयोगमा अस्पतालको स्तरोन्नति भएको भन्दै सेवा सुविधासमेत अझै प्रभावकारी बनाउँदै लैजाने बताए । भौतिक पूर्वाधारका साथै आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न आफू निरन्तर लागिरहेको खनालको भनाई थियो । चाँडै अस्पतालमा बर्थिङ सेन्टरसमेत छुट्टै स्थापनाको काम हुने खनालले बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नमोबुद्ध ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नं। ७ का वडा अध्यक्ष धर्मसिं लामा, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सागर जर्घामगर लगायतको उपस्थिति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्