30.1 C
Kathmandu

अन्तर्राष्ट्रियसीमा क्षेत्रमा गोली चल्यो, आसाम प्रहरीका ६ जवान मारिए

सीमा क्षेत्रमा गोली चल्यो, आसाम प्रहरीका ६ जवान मारिए

१२ साउन २०७८


काठमाडौ
। आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् ।

आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका थिए ।

आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ । मिजोरम र त्रिपुराबीचमा पनि सीमा विवाद छ । यी विवाद मिलाउन भारतको केन्द्र सरकारले हस्तक्षेपसमेत गरेको थियो ।

आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा निश्चित गर्ने प्रयास सन् १९९५ देखि नै चल्दै आएको छ तर अहिलेसम्म यो कामले पूर्णता पाएको छैन । यही कारण दुई राज्यबीच बेलाबेलामा विवाद हुने गर्दछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्