23.1 C
Kathmandu

खेलकुद२८ वर्ष पछि कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाको हातमा, मेस्सीले उचाले पहिलो महादेशीय...

२८ वर्ष पछि कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाको हातमा, मेस्सीले उचाले पहिलो महादेशीय उपाधी

२७ असार २०७८/ अर्जुन लामा

हेटौंडा । कोपा अमेरिक फुटबल उपाधी अर्जेन्टिनाले हात पारेको छ । आईतवार बिहान ब्राजिलको रियो दि जेनरियोस्थित माराकानामा भएको अन्तिम खेलमा आयोजक टिम ब्रजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधी जितेको हो ।

उक्त खेलको २१ औं मिनेटमा एन्जल डिमारियालेको गोल नै अर्जेन्टिना को लागि कोपा अमेरिका उपाधी उचाल्ने निर्णायक गोल बन्यो । ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो ।

आईतवार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलमा आयोजक टिम ब्रजिल र अर्जेन्टिना दुवै टिमको निकै प्रतिस्पर्धात्मक खेल देखाएतापनी खेलको अग्रता भने अर्जेन्टिनाले लिन सफल भएको छ ।
अर्जेन्टिनाले आफ्नो सबै भन्दा ठूलो प्रतिद्वन्दी ब्रजिललाई उसैको घरेल मैदानमा पराजित गर्दै २८ वर्ष पछि कोपा अमेरिका उपाधी जित्न सफल भएको हो ।
अर्जेन्टिनि कप्तान लियोनल मेस्सीको अर्जेन्टिनि जर्सिमा यो पहिलो प्रमुख उपाधी हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्