23.1 C
Kathmandu

खेलकुदलिओनल मेस्सीको उत्कृष्ट प्रदर्शन, अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रबेस

लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शन, अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रबेस

२० असार २०७८/अर्जुन लामा

काठमाडौ । अर्जेन्टिना फुटबल टिमका कप्तान लिओनल मेस्सीले आफ्रनो टिमलाई कोपा अमेका फुटबलको सेमिफाइनलमा पुर्‍याएको छ । मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले हराएको छ । पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा मेस्सीले एक गोल गरे भने दुई गोलका लागि सहयोग गरे । खेलको ४०औं मिनटमा मेस्सीको पासमा रोड्रिगो डे पउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम ६ मिनेटमा दुई गोल गरे भने ८४औं मिनेटमा मेस्सीकै पासमा लाउटारो मार्टिनजेले गोल गर्दै अग्रता दोब्बर पारेसंगै थप समयको तेस्रो मिनेटमा मेस्सीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई ३–० ले अग्रता दिलाए ।

खेलको अन्तिम समयतिर इक्वेडरका पिएरे हिनकापीले रातो कार्ड पाएका पाएसंंगै १० खेलाडीमा सिमित भएका थिए । कोपा अमेरिका १४ औं पटक बिजेता बनेका अर्जेन्टिनाले यो पटक बाजी मार्लन त भन्ने खुल्दुलि खेलप्रेमी दर्शकहरुको रहेका छन् ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्