29.1 C
Kathmandu

ब्रेकिङ समाचारश्री टशि दुण्डुब देछिनलिङ गुम्बाको संस्थापक लामा गुरु ईन्द्र ब. लामाको निधन

श्री टशि दुण्डुब देछिनलिङ गुम्बाको संस्थापक लामा गुरु ईन्द्र ब. लामाको निधन

१६ जेठ २०७८
काठमाडौ
। श्री टशि दुण्डुब देछिनलिङ गुम्बाको संस्थापक लामा गुरु ईन्द्र ब. लामाको ९१ बर्षको उमेरमा निधन भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ कमेरे स्थित रहेको उक्त गुम्बाको संस्थापक लामा गुरु जेठ १५ गते (हिजो) निधन भएको लामा गुरुको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

बि.सं.१९८८ मा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नंं.५ मा जन्म लिनुभएको लामा गुरु सानै उमेरदेखी धर्मप्रति निक्कै नै आस्था राख्दै आएकोमा उहां आफ्नै पहलमा बि.सं.२०३९ सालमा गुम्बा निर्माण गरेका थिए । गुम्बाको स्थापनाकाल देखी नै संस्थापक लामा गुरुको रुपमा रहेका ईन्द्र ब.लामा(छेडुप लामा) गुम्बा मर्मत संभार तथा संरक्षण्मा निक्कै नै चासो राख्दै आउनुभएको थियो ।

लामा गुरु आफ्नै निवासमा शनिवार बिहान ५ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्