27.1 C
Kathmandu

ब्रेकिङ समाचारमहन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे

महन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे

६ जेठ २०७८
काठमाडौं
। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्ने जसपाले निर्णय गरेसँगै प्रधानमन्त्री अ‍ोलीले छलफलका लागि ठाकुरलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुरका साथमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो ।

आजैको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गर्ने मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्