27.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने

६ जेठ २०७८
काठमाडौं
। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले बताए । उनका अनुसार बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ ।

बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको ती मन्त्रीको भनाइ छ । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्