28.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोना महामारीका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

कोरोना महामारीका कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

२७ बैशाख २०७८

काठमाडौ । कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेकोमा सोमबार बसेको बोर्डको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको बोर्डका अध्यक्ष डा।चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।’ बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्