27.1 C
Kathmandu

खेलकुददोस्रो पटक चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

दोस्रो पटक चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

२३ बैशाख २०७८/अर्जुन लामा

भक्तपुर । २०१२ मा उपाधि हात पारेका चेल्सी पुनः ९ बर्षा पछि फाइनलमा पुगेको छ । सेमिफाईनलको पहिलो लिगमा १-१ को बराबरीमा समाप्तिपछि दोस्रो लिगमा भने रियल म्याड्रिडलाई २-० ले हराए सँगै समग्रमा ३-१ ले पराजित गरियो । चेल्सीले म्यानचेस्टर सिटीसँग फाइनलमा मे ३०-२०२१ नेपाली समय १२:४५ सामना गर्नेछ ।

चेल्सीको जितमा टिमो बेरनरले २८ औं र मासन माउण्टले ८५ औं मिनेटमा एक-एक गोल गरि अग्रता दिलाएका थिए । चेल्सी दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि चेल्सीले सन् २०१२ मा बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

चेल्सी फाइनलका पुगेसँगै थोमस टुचेलले नयाँ कीर्तिमान राखेका छन् । दुई फरक क्लबलाई लगातार च्याम्पियन्स लिगको फाइनल पुर्याउने उनी एक्ला प्रशिक्षक बनेका छन् । गत सिजन उनले पीएसजीलाई च्याम्पियन्स लिग फाइनलसम्म डोहोर्याएका थिए । फाइनलमा पीएसजी बायर्नले निराश बनाएको थियो ।

सन् २०१२ मा पनि स्पेनिस क्लब बर्सिलोनालाई सेमिफाइनलमा हराउँदै फाइनल पुगेका चेल्सीले यो पटक भने कीर्तिमान कायम रख्ला या नरख्ला मे ३० थाहा पाउनेछ । यो सिजनमा २ उपाधिको दौडमा रहेका चेल्सिले एफए कपको फाइनल भने लेचेस्टर सिटी सित मे १५-२०२१ मा सामना गर्नेछ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्