28.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बोलायो पदाधिकारी बैठक

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बोलायो पदाधिकारी बैठक

२० बैशाख २०७८

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल हुने छ । आइतबार लुम्बिनीमा भएको घटना, विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि काँग्रेस सभापति देउवाले छलफल गर्न खोजेको बुझिएको छ ।

आजको बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई मात्र आमन्त्रण गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्