19.1 C
Kathmandu

खेलकुदस्पेनिस लिग ला लिगा उपाधिमा बार्सिलोनालाई धक्का

स्पेनिस लिग ला लिगा उपाधिमा बार्सिलोनालाई धक्का

१७ बैशाख २०७८/अर्जुन लामा

भक्तपुर । स्पेनिस् लिग ला लिगाको उपाधिको दावेदारमा रहेको बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग २-१ ले हारेको छ ।

ग्रानाडालाई जित दिलाउनको लागि डार्विन माचिस र जर्ग मोलिनाले समान एक एक गोल गरे । बार्सिलोनाको लागि कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।

बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । खेलको २३ औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने पहिलो हाप १-० मा नै समित रहेतापनी दोस्रो हापमा कुनै गोल गर्न नसक्दा बर्सिलोना पहिलो स्थान पुग्न चुकेका थिए ।

खेलेको ६४ औँ मिनेटमा डार्विनले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७८ औँ मिनेटमा मोलिना गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल ग्रानाडाले जित्यो ।

यो हारसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । बार्सिलोनाको ३३ खेलबाट ७१ अंक रहेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानमा रियल म्याड्रिडको ७१ अंक रहेपनिहेड टु हेडमा दोस्रो स्थानमा छ । बार्सिलोनालाई हराएको ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्