18.1 C
Kathmandu

खेलकुदयुइएफए च्याम्पियन लिगमा म्यानचेस्टर सिटिले पिएसजिलाई २-१ ले पराजित

युइएफए च्याम्पियन लिगमा म्यानचेस्टर सिटिले पिएसजिलाई २-१ ले पराजित

१६ बैशाख २०७८/अर्जुन लामा

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको पहिलो लिगमा म्यानचेस्टर सिटीले पिएसजीलाई २-१ गोलको अन्तरले पराजित गरेका छ ।

गएराती पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई केभिन डी ब्रुने र रियाद महरेजले एक एक गोल गरि दोस्रो लिगको लागि आफ्नो टिमलाई बलियो बनाएको थियोे ।

त्यस्तै पिएसजीका मार्कवेन्होजले एक गोल गरेका थिए । पिएसजीले खेलको १६औँ मिनेटमा गोल गरेर पहिलो हाफमा १-० को अग्रता लिएपनि म्यानचेस्टर सिटीले दोस्रो हाममा कमब्याक गरेको थियो । सिटीका लागि ब्रुनेले खेलको ६४औ मिनेट र महरेजले खेलको ७१औ मिनेटमा गोल गर्दै जित हासिल गरेका थिए ।

खेलको ७७औ मिनेटमा पिएसजीका इद्रीसा गुएयेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएतापनी अघिल्लो गोलमा नै सिमित भएको थियोे ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्