18.1 C
Kathmandu

ब्रेकिङ समाचारओखलढुंगामा जिप दुर्घटनाः तीन जनाको मृत्यु

ओखलढुंगामा जिप दुर्घटनाः तीन जनाको मृत्यु

२४ चैत्र २०७७
काठमाडौ
। ओखलढुंगामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागी काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।

सामान बोकेर गइरहेको जिप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो । जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ । डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाइते तथा मृतकको उद्धार गरेको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्