24.1 C
Kathmandu

ब्रेकिङ समाचारएमाले प्रति जनताको आकर्षण बड्दो, काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नै एमालेमा प्रबेश

एमाले प्रति जनताको आकर्षण बड्दो, काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नै एमालेमा प्रबेश

२३ चैत्र २०७७
काठमाडौ
| काभ्रे जिल्लाको साबिक सिपाली चिलाउने गाविस वडा न. ८ नेपाली काङ्ग्रेसबाट निर्बाचित वडा अध्यक्ष मीन बहादुर तामाङको नेतृत्वमा नेपाली काङ्रेस परित्याग गरि आउने युवाहरुलाई एक कार्यक्रमका बिच प्रमुख अतिथि बागमती प्रदेस सभाका सदस्य माननिय चन्द्र लामाले टीका र खादा लगाइ नेकपा एमालेमा प्रवेश गराएका छ्न ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र बिचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि आ-आफ्नो पुरानै घर फर्किए सङ्गै नेकपा एमालेमा भने माधव कुमार नेपाल पक्षले समानान्तर कमिटी बनाउने क्रम चलेको छ ।

गुटगत समानान्तर कमिटी गठनले नेकपा एमाले फुटको संकेत देखिएको छ । जस्को कारण एमाले प्रती आस्था राख्नेहरुमा एक किसिमको नैरास्यता नै छाएको छ । तर नेकपा भित्र नै गुटगत बिवाद देखिए पनि अझै नेकपा प्रती आकर्षित हुँदै नेकपा एमालेमा प्रवेश गर्ने क्रम भने घटेको छैन ।


यसै क्रममा सोमबार काभ्रेको बनेपामा रोशी गाउँपालिका वडा न.६ द्वारा बाग्मती प्रदेश सभा सदस्य माननीय चन्द्र लामाको प्रमुख आतिथ्यतामा चियापान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रकममा रोशी गाउँपालिका ६ का मीन बहादुर तामाङ, ढुन्डराज शाह, लक्की तामाङ, अबिरल तामाङ, सन्तोषी तामाङ, सुमन मैनाली, रिसाङ तामाङ, मीन बहादुर लामा लगायतका युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छ्न ।
पार्टी प्रबेश भएका मीन बहादुर तामाङ भने साबिक सिपाली चिलाउने गाविस वडा न. ८ नेपाली काङ्ग्रेस बाट निर्बाचित वडा अध्यक्ष रहेका छ्न ।

बाग्मती प्रदेशका प्रदेश सभा सदस्य माननीय चन्द्र लामाले खादा तथा टीका लगाई सम्मानका साथ नवप्रबेशिकाहरुलाई पार्टी प्रबेश गराएका थिए ।

पार्टी प्रबेश गराउंदै मानननिय चन्द लामाले नवप्रबेशिकाहरुलाई कोहि कसैको धाक धम्किको डरमा नपरी निरन्तर पार्टिपङ्तिमा आवद्ध रहेर सङ्गठन मजबुत बनाउने अभियानम जुट्न अनुरोध गर्दै भने युवाहरुको हरेक समस्या समाधानमा आफू सधै तयार रहेको कुरा ब्यक्त गरेका थिए ।

कार्यक्रममा माननीय चन्द्र लामाको साथमा युवा नेता बिकास तामाङ, युवा ब्यबसायी तथा नेता गणेश लामा, नेकपाका नेता पुर्ण चन्द्र सिग्देल, काभ्रे जिल्लाका पुर्व अनीआस्ववियुका अध्यक्ष हरिकुमार मैनाली, गोबिन्द उप्रेति लगायत अन्य युवाहरुको उपस्थिती रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्